Header Ads

विद्युत् चोर्नेमा नेपाल एशियाकै दोश्रो

काठमाण्डु,२२ चैत – जलविद्युत् उत्पादन क्षमता आधारमा सबैभन्दा कमजोर मुलुकको रुपमा चिनिएको नेपालमा विद्युत चुहावट भने दक्षिण एसियाकै अग्रस्थानमा छ
नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको एक तथ्यांकअनुसार नेपालमा २४ दशमलव ६४ प्रतिशत विद्युत् चुहावट छ, जुन दक्षिण एसियाकै सबैभन्दा बढी हो ।
नेपालमा ५ वर्षअघि विद्युत् चुहावट ३० प्रतिशत नाघेको थियो, तर अहिले घट्दै गए पनि अन्य दक्षिण एसियाका राष्ट्रहरुको तुलनामा सबैभन्दा बढी हो ।नेपालमा हालसम्म भएको अध्ययनको आधारमा ८४ हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेकोमा आठसय मेगावाट मात्र उत्पादन छ ।
प्राधिकरणका अनुसार भारतमा २४ प्रतिशत मात्र चुहावट छ भने श्रीलंकामा ११ दशमलव २४ प्रतिशत, पाकिस्तानमा १७ प्रतिशत, बंगलादेशमा १४ दशमलव ६१ प्रतिशत र भुटानमा ४ दशमलव ३ प्रतिशत चुहावट छ । छिमेकी राष्ट्र चीनमा समेत ६ दशमलव ५ प्रतिशत मात्र चुहावट छ ।
-राजधानी दैनिक

No comments

Powered by Blogger.