केन्यामा राष्ट्रिय शोक
केन्यामा भएको नरसंहारपछि घोषणा गरिएको तीन दिने राष्ट्रिय शोक शुरु भएको छ।
लडाकु संगठन अल शबाबले गरिसा विश्वविद्यालयमा बिहिवार करिव १५० जनाको हत्या गरेका थिए।राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति उहुरु केन्याटाले लडाकुहरु विरुद्धको आक्रमण सुरक्षा निकायले तीव्र पार्ने चेतावनी दिए।
आक्रमणका योजनाकार र लगानीकर्ता, केन्याकै समुदायमा लुकेर बसेको उनको दावी थियो।
आफ्नो सम्बोधनमा राष्ट्रपतिले भने, “इस्लामवादी समूहले केन्याको अस्तित्वमा खतरा उत्पन्न गराएका छन्।”
पुर्खाको रगत
आक्रमणकारी संगठन अल शाबाबले केन्यामा थप आक्रमण गर्ने चेतावनी सहितको वक्तव्य शनिवार जारी गरेको छ।राष्ट्रपति केन्याटाले आतंकवादी अन्त्यको निम्ति लडने दृढता व्यक्त गर्दै भने, “केन्यामा इस्लामिक राज्य सृजना गर्ने लक्ष्यमा लडाकुहरु सफल हुन सक्ने छैनन्।”
उनले राजनीतिक र धार्मिक नेताहरुलाई राष्ट्रिय सुरक्षालाई गम्भीर रुपमा लिन र एकताबद्ध रहन अपिल गरे।
मुर्दाघर
राजधानी नैरोबीस्थित एउटा शवगृहमा आफ्ना परिवारका सदस्य खोज्न सयौं मानिसहरु जम्मा भएका छन्।रेडक्रसले गरिसा शहरबाट जहाज मार्फत नैरोबी पुर्याइएका शवहरु मध्ये ५४ वटाको सनाखत भएको जनाएको छ।
मारिनेहरुमा सबैजसो विद्यार्थी छन्।
चारजना बन्दूकधारी लडाकुहरु मारिएको र घट्नासँग जोडिएका पाँचजनालाई गिरफ्तार गरिएको अधिकारीहरुले जनाएका छन्।
गरिसा शहरका गभर्नरका अनुसार आक्रमणबाट बच्न सफल ६ सयभन्दा बढी विद्यार्थी र ५० जनाजति कर्मचारीलाई बसमा उनीहरुको घर पठाइएको छ।
Post a Comment