Header Ads

'रेशम फिलिलि' गितको यस्तो क्रेज, तपाईं पनि हेर्ने होईन त ? (भिडियो सहित)

https://www.youtube.com/watch?v=sQsYxQ6hnKc
>>>CLIK THE LINK FOR VIDEO<<<
फिल्म रिलिज नहुँदै इन्टरनेटमा भाइरल बनेको छ चलिचित्र रेशम फिलिलिको गीत-जालमा । अहिलेसम्म आधिकारिक भिडियो सार्वजनिक नभए पनि अडियोमा यो गीत निकै रुचाइएको छ । अडियो गीतमा तस्वीर प्रयोग गरेर निर्माण पक्षले युट्युवमा अपलोड गरेको भिडियो अहिलेसम्म झण्डै १८ लाख पटक हेरिसकिएको छ ।
गीत सोचेभन्दा निकै लोकपि्रय भएपछि यतिबेला निर्माण पक्ष फेरि गीतको भिडियो सुटिङमा ब्यस्त छ । बैशाख ११ गतेबाट फिल्म रिलिज हुने भएपनि अहिलेसम्म गीतको आधिकारिक भिडियो सार्वजनिक हुन सकेको छैन् ।
गीत यति लोकपि्रय बनेको छ कि, युट्युव र फेसबुकमा दर्जनौं नयाँ फिलिलि भिडियोहरु अपलोड गरिएका छन् । विभिन्न समूहले निर्माण गरेका यस्ता भिडियो पनि लाखौंको संख्यामा हेरिएका छन, हजारौं लाइक र सयौं कमेन्ट देख्न सकिन्छ ।
यीमध्ये सवैभन्दा लोकपि्रय हो अष्ट्रेलियाको द नेक्स्ट समूहले निर्माण गरेको भिडियो । जसलाई पाँच लाख भन्दा धरै पटक हेरिसकिएको छ ।

No comments

Powered by Blogger.