Header Ads

किरण गम्भीर बिरामी

क्वालालम्पुर, चैत्र २२ - नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ मलेसियामा गम्भीर बिरामी भएका छन् । करिब डेढ साताअघि मलेसिया भ्रमणमा आएका थ्री-स्टारका किरण फोक्सोमा समस्या देखिएपछि एक साताअघिदेखि यहाँको स्रेम्बानस्थित अस्पतालको सघन कक्षमा उपचाररत छन् ।
दूतावासका श्रम सहचारी बुद्धिनारायण भट्टराईका अनुसार किरण घुमघामका क्रममा डेढ साताअघि क्वालालम्पुरदेखि झन्डै ४ सय १३ किमि उत्तर पश्चिमी पर्यटकीय टापु 'लङावी' मा बिरामी परेका थिए । उनलाई त्यहाँ हेमातेमाइसिस (बान्ता गर्दा रगत आउनु) भएको र पछि केही सुधार आएपछि एकसाताअघि स्रेम्बान ल्याइएको थियो । उनको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न शनिबार दिउँसो नेपाली राजदूत डा. नीरञ्जनमान सिंह बस्न्यात र श्रम सहचारी भट्टराईलगायत अधिकारी स्रेम्बान अस्पताल पुगेका थिए । उनीहरूका अनुसार किरणको स्वास्थ्यमा सामान्य सुधार आएकाले हाल भेन्टिलेटरमुक्त अवस्थामा राखिएको छ र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । __कान्तिपुर

No comments

Powered by Blogger.