Header Ads

ग्रानाडाको पोष्टमा रियाल मड्रिडको नौं गोल, रोनाल्डोले देखाए चमत्कार

काठमाडौं, चैत्र २२ । स्पेनिश लिग फुटबलमा रियाल मड्रिडले कीर्तिमानी जित हासिल गरेको छ । घरेलु मैदानमा खेलेको रियालले ग्रानाडामाथि ९-१ को फराकिलो जित हासिल गरेको हो । गोलको वर्षा गर्दै यो सिजनमा सर्वाधिक फराकिलो जित हासिल गर्ने क्रममा क्रिष्टियानो रोनाल्डो एक्लैले पाँच गोल गरे । त्यसैगरी करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेलले एक गोल गर्दा रियालले एक गोल भने ग्रानाडाका खेलाडीले आत्मघाती गरेसंगै उपहार पाएको थियो । लिग अन्तर्गत त्यस्तै राति पौने ९ बजे भ्यालेन्सियाले आफ्नै मैदानमा भिल्लारियलसंग तथा पौने ११ बजे गेटाफेले आफ्नै मैदानमा डेपोर्टिभो लाकोरुनियाँसंग खेल्दैछ । राति पौने १ बजे सेल्टाभिगोले आफ्नै मैदानमा बार्सिलोनासंग खेल्दैछ । लिग तालिकामा २८ खेलबाट ६८ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको रियाल मड्रिको ६७ अंक भएको छ । ६२ अंकका साथ एथ्लेटिको मड्रिड तेस्रो तथा भ्यालेन्सिया ६० अकका साथ चौथो स्थानमा छ ।

No comments

Powered by Blogger.